Logo
१५ बैशाख २०८१, शनिबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि एमाले स्थायी कमिटी बैठक, विधान महाधिवेशनबारे नै छफलफल

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने स्रोतले जानकरी दिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ ।

उक्त तीन वटै प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् ।एमालेभित्र तेस्रो धारका नेताका रुपमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, अमृत बोहोरा र रघुजी पन्तलाई लिइन्छ ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्