Logo
१६ बैशाख २०८१, आईतबार
(September 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति चीनको आपत्ति

चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ।चीनले अमेरिका, बेलायत र अष्ट्रेलिया बीचको ऐतिहासिक सुरक्षा सम्झौतालाई ती मुलुकहरुको संकीर्ण सोच भनेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको त्रिदेशीय रक्षा सम्झौताले क्षेत्रीय शान्तिलाई खल्बल्याउन सक्ने प्रतिक्रिया दिएका हन्।

हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग गर्ने छ। उक्त सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा लगायत विषयलाई समेत समेटेको छ।

चिनियाँ सञ्चारमाध्यमहरुले त्रिदेशीय उक्त सम्झौताप्रति कटाक्ष गर्दै सम्पादकीय लेखेका छन्।

प्रकाशित मिति: Sep 17, 2021

प्रतिक्रिया दिनुहोस्