Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु हुँदै छ । बैठकमा पार्टी एकता, सरकारमा सहभागी हुने लगायत विषयमा छलफल हुने जनाइएको छ ।

राजधानीमा हिजोदेखि शुरु भएको वैठकले संस्थापनसंगको एकता प्रक्रिया जाने वा अगल बाटो तय गर्ने भन्ने विषयमा आधिकारिक निर्णय लिने छ ।

हिजोको वैठकमा वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्र पार्टी एकता हुने बताएका थिए ।

आफूहरु धेरै अघि बढिसकेको भन्दै उनले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने स्पष्ट सन्देश दिएका थिए । नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने टिप्पणी समेत गरे ।

बैठकमा सहभागीहरुलाई बोल्ने समय ३/३ मिनेट छुट्याइएको छ ।

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्