Logo
५ जेष्ठ २०८१, शनिबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

वागमति प्रदेश स्थित चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका-१७ शारदानगरमा एक पुरुषको शव फेला परेको हो ।शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा १ थान गोलीको खोका भेटिएकोले गोली लागेको पुरुषको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।

पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।हत्या गरेर घोलमा शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय चितवनले पनि टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थला एक थान गोलीको खोका समेत भेटिएको बताएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ ।

 

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्