Logo
१६ बैशाख २०८१, आईतबार
(June 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, १ घाइते

प्रदेश नं २ स्थित पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।

रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्