Logo
१६ बैशाख २०८१, आईतबार
(June 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यान्मारमा सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघद्वारा पारित

संयुक्त राष्ट्रसङ्घले सत्ता हत्याउने म्यान्मारको सेनामाथि हतियार प्रतिवन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ ।

यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न संयुक्त राष्ट्रसङ्घ अरूलाई आग्रह गरेको हो।कानुनीरूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिकरूपमा महत्त्वपूर्ण मानिन्छ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्,‘साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।’ बीबीसी

प्रकाशित मिति: Jun 19, 2021

प्रतिक्रिया दिनुहोस्