Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ डिस्चार्ज

वरिष्ठ हाँस्यकलाकार मदनकृष्णको श्रेष्ठ मुटुमा समस्या देखिएपछि गङ्गालाल अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार देखिएपछि  आज (बुधबार) डिस्चार्ज भएका छन्।

चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन्। मुटुमा रगत प्रवाह हुने नसा बन्द भएर अत्यधिक मुटु दुखे पछि शुक्रवार बेलुका अस्पताल लगिएको थियो ।

उनको शनिवार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट राखिएको थियो ।यो उनको दोस्रो शल्यक्रिया हो । यसअघि, सन् २०१९ मा पनि यही शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्