Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताएका छन् ।

गौतमले भने, ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनुहोस् भनेको सूचना अएको छ । सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्