Logo
१८ बैशाख २०८१, मंगलबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा परि दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार बिहान ५ः५० बजे पाटन नगरपालिकाको हिरापुर भन्ने स्थानमा कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ च ३७७ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।

उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको, दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ५५ वर्षीय देवीलाल जोशी छन् । चालक र अर्का एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताउको छ ।

घाइते सबै जनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्