Logo
१८ बैशाख २०८१, मंगलबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षमा कयौं प्रशासकीय अधिकृत फेरिएका भोक्राहा नरसिंहमा यसपटक विकासमा क्रान्ती

तोकिएको कार्यकालसम्म पनि कुनैपनि प्रशासकीय अधिकृत नटिक्ने प्रदेश १ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा यसपटक भने विकासमा क्रान्ति देखिएको छ ।

यसअघि देशको बिभिन्न नगरपालिकामा सफल कार्यकालको अनुभव रहेका रामचरित्र मेहताले प्रशासकीय अधिकृतको रुपमा काम सम्हाले पछि भोक्राहा नरसिंह गाउँपालिकमा यस पटक कायाँ प्लट हुन लागेको हो ।

झण्डैँ चार वर्षमा नभएको काम अहिले धमाधम सूरु भएको पालिकाको दावी रहेको छ । भोक्राहा नरसिंह गाउँपालिकाबासिन्दाहरुले झण्डैँ चार वर्ष धुलोमा हिड्न बाध्य भएपनि त्यो सम्स्या अब चाडैँ हट्ने प्रमुख प्रशासकीय अधिकृत मेहताको कथन छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहता विकास प्रेमी अधिकृतको नामले प्रचलित छन् । अधिकृत मेहता इनरुवा, मलङ्गवा नगरपालिका र बर्जु गाउँपालिकामा काम गर्दा उनको निकै चर्चा सुनिएको थियो ।

उनले यसै आर्थिक वर्ष भित्र विभिन्न वहुवर्षे योजनाहरु समेत अधि सारेको बताए । भोक्राहा नरसिंह गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनीक भवनको काम सुरु भइसकेको छ । भने वडा कार्यालयहरुको टेन्डर प्रक्रिया अगाडी बढेको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

अधिकृत मेहतका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ वाहेक ७ वटा वडा कार्यालयका प्रशासनीक भवनको काम बैशाख भित्रै सुरु हुने बताए ।

यता भोक्राहा नरसिंह गाउँपालिकामा झण्डै चार वर्षमा नभएको एतिहासिक काम पहिलो पटक सबै भन्दा लामो सडक कालोपत्रे हुने भएको छ ।

भने भोक्राहा नरसिंह वार्ड नं. ६ र ७ को सीमा बाटो भोक्राहा नरसिंह गाउँपालिकाको वार्ड नं. ७ को वडा कार्यालय हुदैँ वार्ड नं. ६ को वडाध्यक्ष राजेश्वर साहको घर देखी हनुमान चौक सम्म ३ किलोमिटर सम्मको बाटोमा कालोपत्रेको काम समपन्न भएको योजना शाखाको योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै गाउँपालिका भित्र करिब २० किमि सडकको कालोपत्रे गर्न ठेकेदारहरुले धमाधम बेस हाल्ने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यादवले भने हामी भोक्राहा नरसिंह गाउँपालिकाबासीलाई धुलो मुक्त सगैँ, सडक बत्तीको काम समेत गर्ने बताए ।

उनले भने गाउँपालिकाबासीहरुलाई यसै आर्थिक बर्ष ०७७/०७८ मा कालोपत्रे सँगसगैँ सडकबत्तीको समेत जडान गरी गाउँलाई उज्यालो बनाउने योजना अघि सारिएको हो ।

गाउँपालिका भित्र २० किमि बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी पनि खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादवको प्रशंसा समेत गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाको २२ करोड ५० लाख बजेटबाट यस बर्ष गाउँपालिका भित्र २० किलोमिटर सडक कालोपत्रे हुने पालिका अध्यक्ष यादवको कथन छ ।

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्