शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी
बाग्मति प्रदेश स्थित काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आइतबार बिहान करिब ११ बजे आगलागी सुरु भएको निकुञ्जले जनाएको छ ।आगलागी कसरी सुरु भएको भन्ने केही जानकारी अहिलेसम्म नभएको जनाइएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको स्रोतले बताएको छ ।