Logo
२० बैशाख २०८१, बिहीबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइजेरियामा जेलबाट १८ सय भन्दा बढी कैदी फरार

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीबनदी भागेका छन् ।

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये १८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए ।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका थिए।

राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन्।उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ‘झुटो’ रहेको बताएका छन्।

ज्यानुअरी महिनादेखि दक्षिण-पूर्वी नाइजेरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठुलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्