Logo
१६ बैशाख २०८१, आईतबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं पुनः संसारकै पहिलो प्रदुषित शहर !

पछिल्लो समयमा नेपालमा वायु प्रदूषण धेरै बढेको छ ।

अहिले काठमाडौं लगायत देशका मुख्य शहरमा वायु प्रदुषण बढीरहेको छ । नेपालमा वायु प्रदुषणको मात्रा ह्वात्तै बढेपछि काठमाडौं पुनः संसारकै पहिलो प्रदुषित शहर बनेको छ ।

एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो ।

यसअघिको वायु प्रदूषण केही दिनअघिको वर्षातले केही सफा भए पनि आइतबारदेखि बढेको प्रदूषण सोमबार झनै बढेको छ ।नेपालमा सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई-४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रहेको छ ।

एक्वुआई ५० भन्दा माथि हुनु भनेको क्रमशः नराम्रोको मात्रा बढ्दै जाने हो ।नेपालमा वायु प्रदुषण हुनुको मुख्य कारण भनेको लामो सयमसम्म ठूलो पानी नपर्नु, डढेलो, धुँवा, धुलो रहेको मौसम विज्ञहरुको भनाइ छ ।

विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाव दिएको छ ।

नेपालमा धेरै जसो ठाउँमा आगोलागी भइरहेको छ तर नेपाल सरकारले त्यसको नियन्त्रणका लागि उपाय अपनाएको देखिदैन । वायु प्रदुषण नियन्त्रका लागि पनि सरोकारवाला पनि मौन बसेको अहिलेको अवस्थामा देखिएको छ ।

प्रदुषण नियन्त्रणका लागि कुनै ठोस कदम अगाडि बढाएको देखिदैँन ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्