Logo
१२ जेष्ठ २०८२, आईतबार
(April 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाहुबली पुनः देखाइने, टिकट खरिद गर्ने बित्तिकै दोस्रो भागको टिकट पक्का

नयाँ दिल्ली, एजेन्सी, । आइतबार अप्रिल २ तारिखमा ‘बाहुबली टु’ फिल्मको नयाँ पोष्टर जारी गरिएको छ । पोष्टरमा राणा दग्गुबाती उर्फ भल्लाल देवको मात्र तस्बिर छ । तस्बिरमा भल्लाल देवको पछाडि तीनवटा सिंहको प्रतिमा पनि छन् ।

हुन त ट्रेलर सार्वजनिक गरेको दिन नै अर्को एउटा अचम्मको घोषणा भएको थियो । ट्रेलरको क्रममा एसएस राजामौलीले बाहुबली टु रिलिजभन्दा एक वा दुई हप्ता पहिले फिल्मको पहिलो भागलाई प्रदर्शनमा ल्याउने बताएका थिए । फिल्म प्रदर्शनका लागि जोडतोडले काम अगाडि बढिरहेको छ । केहि समय अघि फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

फिल्मका निर्माता करण जोहरले माइक्रो ब्लगिङ साइटमा यसबारे जानकारी दिँदै लेखेका छन्, ‘पुराना यादहरुलाई ताजा गर्ने यो राम्रो समय हो जो मानिसहरुले बाहुबलीको पहिलो भाग हेर्नुभएको छैन उनीहरुले अब हेर्नु सक्नुहुन्छ । आउँदो ७ अप्रिलमा फिल्म पुनः रिलिज हुँदैछ । रि–रिलिजसँगै निर्माताले दर्शकलाई उपहार पनि दिइरहेका छन् ।

प्रकाशित मिति: Apr 2, 2017

प्रतिक्रिया दिनुहोस्