Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बढेपछि माछापुच्छ्रे गाउँपालिका एक हप्ताका लागि बन्द

गण्डकी प्रदेश स्थित कास्कीको माछापुच्छ्रे गाउँपालिका कोरोना सङ्क्रमित बढेपछि एक हप्ता बन्द हुने भएको छ । कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा एक हप्ताका लागि बन्द गरिएको हो ।

गाउँपालिका कार्यालय रहेको वडा नम्बर-४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले आजैदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो ।

गाउँको एक शहकारीबाट भ्रमणमा गएर फर्किएका तीन जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १३ जनामा संक्रमण भएको थियो ।

कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्