Logo
२३ बैशाख २०८१, आईतबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीले भने,’विप्लवसँगको वार्ता सफलता नजिक पुग्दैछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन् ।

झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका हुन् ।

‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,’ ओलीले भने ।

सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लव समूहले यसअघि नै बताइसकेको छ । सरकारले विप्लव समूहसँग भित्रभित्रै अनौपचारिक वार्ता गरिरहेको चर्चा चलिरहेको छ ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्