विघटन बदर भएपछि प्रतिनिधि सभाका सांसदले पुस ६ देखिको तलब एकमुष्ट पाउने
संघीय संसद अन्तरगत प्रतिनिधिसभाका सांसदहरूले पुस ६ यताको तलब अब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतको सैवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए । राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको केही बढी छ । यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।