Logo
५ जेष्ठ २०८१, शनिबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रत्नराज्य क्याम्पस अगाडि इन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूको प्रदर्शन

इन्धनको मूल्य वृद्धिको विरोधमा रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन गरेको छ ।

सरकारले इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।

अनेरास्ववियूका एक नेताले आज दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए ।

नेपाल आयल निगमले गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

निगमले पछिल्लो पटक यही फागुन४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्