Logo
५ जेष्ठ २०८१, शनिबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन शुरु

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौँमा शुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।

अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ले गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी छ ।

महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्