Logo
१६ बैशाख २०८१, आईतबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

छिमेकी देश भारतको मध्य प्रदेशको सिधी जिल्लामा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको जनाएका छन् ।

मृत्यु हुनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो ।

बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ ।

नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ । बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्