Logo
९ असार २०८२, सोमबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठकका लागि आज बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

बैठकमा विविध विषयमा छलफल गर्ने बालुवाटार स्रोतले बताएको छ । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए ।

संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्