Logo
१८ बैशाख २०८१, मंगलबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब हङकङ उडानमा निजी ल्याबको पीसीआरलाई निगमले मान्यता नदिने

अब नेपालबाट हङकङ जाने यात्रुको निजी ल्याबको पीसीआरलाई मान्यता नदिने निगमले जानकारी दिएको छ ।

हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडान प्रतिवन्धका कारण हङकङ उडानबाट करोडौं घाटा भएको भन्दै नेपाल वायुसेवा निगम सञ्चालक समितिले अब सरकारी ल्यावको आरटी पीसीआर रिर्पोटलाई मात्र मान्यता दिने निर्णय गरेको छ  ।

नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ ।

समिति स्रोतका अनुसार यो शर्त हङकङका लागि मात्र लागु हुनेछ । अन्य गन्तब्यमा भने निजी ल्याबको रिर्पोट समेत मान्य हुनेछ ।

 

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्