Logo
१८ बैशाख २०८१, मंगलबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु, एक गम्भीर घाइते

प्रदेश नं २ स्थित बारामा भएको सवारी दुर्घटनामा परी बारामा २ जनाको मृत्यु भएको छ ।

भने दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी करैयामाई ३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भीर घाइते भएका छन् ।

उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राती बारामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी करैयामाई गाउँपालिका ३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहटको मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सोमबार राति १२: ४० बजे बारा पचरौता नगरपालिका ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

अनियन्त्रित भई मोटरसाइकल तियर खोलामा खस्न गई चालक मायारामको घटना स्थलमा नै मृत्यु भएको थियो ।

महागढीमाई नगरपालिका ९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनी गन्तव्यमा नपुगेपछि खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा तियर खोलामा शव भेटिएको थियो ।

सोमबार राति पौने १० बजे पिपराबाट तर्फ तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नं।को मोटरसाइकल करैयामाई गाउँपलिका ५ तेतरियास्थित पक्की पुलमा ठोक्किएको थियो ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्