Logo
२० बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब लामो तथा मध्यम दुरीका गाडीमा यात्रा गर्दा फेस शिल्ड अनिवार्य, पहिलेकै भाडादर लागू हुने

सरकारले कोरोना भाइरसको जोखिमबाट बच्नको लागि लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड लगाउन यात्रुलाई आग्रह गरेको छ ।

विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना संक्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उनले बताए ।सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुने उनले स्पष्ट पारे ।

कोरोनाको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको संख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारीले बताए ।यसअघि जे-जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने उनले बताए ।

ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्