२४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ डिस्चार्ज
नेपालमा पछिल्लो २४घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ।
२४ घण्टा भित्रमा मा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।
देशभरमा कुल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।