Logo
१८ बैशाख २०८१, मंगलबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै हुने

अब सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै हुने भएको छ ।

हालकोषले उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत भुक्तानीहरु अनलाइनबाट सुरु गरिएको जनाइएको छ ।

कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाइनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनी गरेको हो ।

कोषले लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाता विवरण अनुरुपअनलाइन भुक्तानी प्रदान गर्ने कोषले जनाएको छ ।पहिले चेकमार्फत गर्ने गरिएका यी भुक्तानी अब पूर्ण स्वचालित रुपमा अनलाइनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाइन प्रणालीमा आफूलाई रजिस्ट्रर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई-पेमेन्ट तथा यसका सदस्य बैंक वित्तीय संस्थाका शाखामार्फत नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ ।

जसअन्तर्गत हालसम्म १० हजारभन्दा बढी कारोबारमार्फत एक अर्ब ७ करोडबराबरको रकम संकलन भइसकेको जनाइएको छ ।

 

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्