Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रत्‍ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण

बाग्मती प्रदेश स्थित चितवनको रत्‍ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भदौ २८ गते नमुना संकलन गरि भरतपुर १९ कोभिड प्रयोगशालामा पठाइएकोमा बिहीबार राति मात्र उनको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं गएर फर्किएपछि असजिलो महसुस भई स्वाद हराएपछि आफूले कोरोना परीक्षण गरेको वनले बताए ।

स्वाब संकलनपछि उनी घरकै छुट्टै कोठामा बसेको र अहिले कुनै समस्या नआएको बताए । हालसम्म स्वास्थ्यमा त्यस्तो जटिल समस्या नआएकाले घरकै आइसोलेसनमा बसिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्