Logo
१८ बैशाख २०८१, मंगलबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किशोर श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्षमा आदेश दिएको छ ।

श्रेष्ठका तर्फबाट सदस्य चेतनाथ धमलाले सर्वोच्च अदालतमा दिएको रिटमा सरकारद्वारा जारी पूर्वाग्रहपूर्ण र ऐनबिरोधी नियमावलीमा रोक लगाउँदै कार्यवाहक अध्यक्षलाई काममा बाधा नपुर्याउन आदेश दिएको हो ।

गैर कानुनी बाटो अवलम्बन गरेर सरकारले कार्यबाहक अध्यक्षबाट हटाएको भन्दै श्रेष्ठको ‘टिम’ ले भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले श्रेष्ठलाई कार्यबहाक अध्यक्षका रुपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ। साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई त्यसपछि मन्त्रिपरिषद् बैठकले कार्यबहाक अध्यक्षमा नियुक्त गरेको थियो।

कार्यबहाक अध्यक्ष तोक्ने अधिकार ऐन अनुसार बोर्डलाई मात्र भएको भन्दै सरकारले क्षेत्राधिकार मिचेको दावी गरिएको थियो।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्