Logo
६ जेष्ठ २०८१, आईतबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार कार्यालयमा कार्यरत १६ कर्मचारीमा कोरोना पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

आइतबार १८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो । त्यसअघि शुक्रबार एक सुरक्षाकर्मीमा संक्रमण देखिएपछि थप कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब संकलन भएको हो ।

शुक्रबार संक्रमण देखिएका सुरक्षाकर्मीसहित अख्तियारमा रहेका १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम भइरहेको अख्तियारले जनाएको छ ।

संक्रमित हुनेमा १४ जना प्रहरी र एक सिभिल ड्राइभर रहेको बताइएको छ । प्रमुख आयुक्तसहित अन्यको रिपोर्ट भने नेगेटि आएको छ ।

 

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्