Logo
६ जेष्ठ २०८१, आईतबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति मन्दिरको मुल ढोका बन्द, बाहिरैबाट पूजा गर्दै फर्किए भक्तजन (फोटोफिचर)

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ । तस्वीर ः रासस

कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकोले पशुपतिनाथ मन्दिरमान पूजा गर्न मन्दिरको ढोका भने खुलेको छैन । बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको हो। तर पशुपतिनाथको मन्दिर आगामी सोमबारबाट भने खुल्ने भएको छ ।

मन्दिर खुलेसँगै सर्वसाधारणले पूजा गर्न पाउनेछन् । सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए। ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको थियो । तर, यो पटक लकडाउनका कारण व्रतालुले आज पशुपतिनाथ गएर पूजा गर्न पाएनन् । गत आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्दिर खुला गर्ने तयारी थाल्न कोषलाई निर्देशन दिनुभएको थियो ।

स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न ढकालले निर्देशन दिएको थियो । कोरोना संक्रमणको जोखिमका कारण चैत १० गतेबाट मन्दिरमा पूजा गर्न प्रतिबन्ध लगाइएको थियो । यसैबीच मन्दिर नखुलेपछि सर्वसाधारणले मन्दिरको मुल ढोकामै पूजा गरेका छन् ।


साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ । तस्वीर ः रासस

कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीमा बन्द रहेको पशुपतिनाथको मन्दिर । मन्दिर परिसरमा रहेको आर्यघाटमा देखिएको चहलपहल । तस्वीर ः रासस
पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेका भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकोले पूजा गर्न मन्दिरको ढोका भने खुलेको छैन । तस्वीर ः रासस

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्