Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भम्रण आयमा कोरोनाको कारण भारी गिरावट

कोरोना भाइरसले उव्जाएको परिस्थीतिका कारण नेपालमा विदेशी पर्यटक नआउँदा भ्रमण आयमा भारी गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आवको बैशाखसम्म विदेशी पर्यटक मार्फत हुने आम्दानी १२.४ प्रतिशतले घटेको छ ।

बैशाखसम्म विदेशी पर्यटक मार्फत ५६ अर्ब ६२ करोड आम्दानी हुन्थ्यो भने गत वर्ष सोही अवधीको तुलनामा ८ अर्ब बराबरले घटेको  हो । गएको वर्षमा बैशाखसम्म विदेशी पर्यटक मार्फत रु ६४ अर्ब ६१ करोड आम्दानी भएको थियो ।

यस्तै, समीक्षा अवधिमा भ्रमण व्यय पनि ३१.३ प्रतिशतले घटी रु ५० अर्ब ८० करोड कायम भएको छ ।

यसमध्ये शिक्षातर्फको व्यय रु २४ अर्ब ८६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ७३ अर्ब ९८ करोड रहेकोमा शिक्षातर्फको व्यय रु ३७ अर्ब ६७ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।

बिशेषगरि राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैदेशिक भ्रमण र बैदेशिक अध्ययनमा दिइने नोट सटही सुविधालाई कडाई गरेको छ । फलस्वरुप भ्रमण र शिक्षाको नाममा नेपालबाट बाहिरीने विदेशी मुद्रामा कमी आएको हो ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्