Logo
१८ बैशाख २०८१, मंगलबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाण्डौबाट तीन जना पक्राउ

सांकेतिक तस्बिर

काठमाण्डौ महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाण्डौ ठमेल बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ का ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपर हुने चोरीका घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मंगल सुत्र, चन्द्रमा हार, चाँदीको पाउजु सहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्