Logo
२० बैशाख २०८१, बिहीबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्