Logo
१८ बैशाख २०८१, मंगलबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र इङ्ग्ल्याण्डबीच हुने (C) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल पनि स्थगित

 नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल कोरोना भाइरसको त्रासको कारण स्थगित गरीएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड(१९) का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (NFA)ले जनाएको हो ।

एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो। मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो।

गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (FFA) सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो। दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्