राष्ट्रिय बेइज्जती गर्दै कुर्सीमा बसेर मन्त्रीहरुले यसरी गरे योग अभ्यास (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
१ माघ २०७६, बुधबार ००:००
सरकारी स्तरबाटै राष्ट्रिय बेइजती हुनेगरी मन्त्रीहरुले बुधवार योग दिवस मनाएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा अन्य कार्यक्रम झै प्रक्रिया पु¥याउँदै योग दिवस मनाइएका हुन् ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामनत्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेतले कुर्सीमा बसेर बुधवार योग दिवस मनाएका हुन् ।
विश्वभर योग दिवसलाई राष्ट्रिय चाँडको रुपमा मनाइएता पनि नेपालमा भने मात्र प्रकिृया पुरा गरेको देखिएको हो । मंचमा एक जना योग प्रशिक्षकले योग गरिरँदा अन्यले भने सर्कस हरे जस्तो दर्शक बनेका देखिन्थे ।