Logo
२३ बैशाख २०८१, आईतबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ औँ दक्षिण एसियाली खेलकुद SAG : भव्य उद्घाटन घोषणासँगै आतशबाजी (फोटोफिचर)

संघीय राजधानी काठमाडौंस्थित दशरथ रंगशालमा १३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ।

भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।

समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ।

समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइनेको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

 

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्