Logo
१८ बैशाख २०८१, मंगलबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी लगानीका कलेजलाई खारेज गर्दै शिक्षा मन्त्रालय

काठमाडौँः विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाइ सरकारले खारेज गर्न लागिएको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् ।

शिक्षा निर्दे्शिका समेत संशोधन भएकाले यसरी चलेका शैक्षिक संस्था नयाँ निर्दे्शिका अनुसार सवै खारेज गर्नुपर्ने भएकाले उनीहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयावधि दिइएको मन्त्री पोखरलेले बताएका छन् ।

खारेजीमा पर्न लागेका कलेजहरु–एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडाँै, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल, मल्टी इन्टरनेश्लन काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौ, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाडौ, काठमाडौ भ्याली स्कुल काठमाडौँ, ओरिएन कलेज काठमाडौ, पेन्टागन एजुकेशन काठमाडौँ, एपेक्स लाइफ स्कुल काठमाडौँ साउथ वेस्टन स्टेट कलेज काठमाडौँ, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।

त्यस्तै कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको बताइएको छ ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्