Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक माफी मगाएर गायक दुर्गेश थापालाई छाड्ने तयारी

तिहारका लागि उच्छ्रङ्खल गीत गाएको भन्दै उजुरी परेपछि प्रहरी नियन्त्रणमा राखिएका गायक दुर्गेश थापालाई सार्वजनिक माफी मगाएर छाड्ने तयारी प्रहरीले गरेको छ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अधिवक्ता यज्ञराज न्यौपानेले उजुरी गरेका थिए।

विवादमा आएपछि गायक दुर्गेश थापाले आफ्नो उक्त गीत युट्युबबाट हटाएका थिए। ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि उनलाई छाडिने प्रहरी स्रोतले जानकारी दिएको छ।

यसैअनुसार उनले मंगलबार दिउँसो माफी माग्ने तयारी गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालयले उनीबिरुद्ध उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न आग्रह गरेको थियो।

दुर्गेशलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएर महाशाखा ल्याएको थियो।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्