सरकारले लेख्न र बोल्न पाउने अधिकारसमेत कुन्ठित गर्यो: अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले जंगे शासन लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा धारणा राख्दै लिङ्देनले सरकारले लेख्न र बोल्न पाउने अधिकारसमेत कुन्ठित गरेको आरोप लगाए ।
उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका घटक मध्यका कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि भेट्न पुगेका राप्रपा सांसद दीपक सिंहलाई नियन्त्रणमा लिएकोप्रति पनि आपत्ति जनाए ।