Logo
१६ जेष्ठ २०८२, बिहीबार
(April 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि मोरङको  हरैँचा तनावग्रस्त

विराटनगर । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मोरङको  हरैँचा तनावग्रस्त बनेको छ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा हरैँचाबजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका–९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए । टिपरमा ढुङ्गा मुढा गर्दै आगजनीको प्रयास गरेपछि रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १–२०–०५३ नम्बरको मोटरसाइकलमा सवार रहेका मियालाई ना १ ख ६२७० नम्बरको टिपरले ठक्कर दिएको थियो। दुई वटै सवारी साधन विराट चोकदेखि विराटनगरतिर आइरहेका थिए । मियाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्।

प्रकाशित मिति: Apr 25, 2025

प्रतिक्रिया दिनुहोस्