Logo
२५ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारका कर्मचारी कामै छाडेर शेयर कारोबारमा लागेपछि रोक्न अख्तियारको पत्र

काठमाडौ । सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको छ । सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर शेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो ।

अनुगमनमा पनि शेयर कारोबार गरेको पाइएपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सिंहदरबार भित्र कर्मचारीलाई निरुत्साहन गर्न भनेर पत्र पठाएको थियो । प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमप्रसाद आचार्यले पत्र प्राप्त भएको पुष्टि गरे ।

अब के कसरी बन्द गराउने भन्ने विषयमा छलफल भइरहेको र एक-दुईदिनभित्रै केही निर्णय हुन सक्ने आचार्यले बताए । शेयर कारोबार हुने सबै टीएमएस सिंहदरबारभित्रका कम्प्युटरबाट चल्न नमिल्ने बनाउन लागिएको स्रोत बताउँछ ।

कार्यालयको काम नै छाडेर व्यक्तिगत प्रयोजनमा सरकारी स्रोतसाधनको दुरुपयोग भएपछि नियामक निकायले चासो राखेको बताइन्छ ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्