Logo
२० बैशाख २०८१, बिहीबार
(April 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी दलहरुद्धारा प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति: Apr 10, 2024

प्रतिक्रिया दिनुहोस्