Logo
२० बैशाख २०८१, बिहीबार
(April 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद अवरोध खुलाउनेबारे छलफल गर्न सभामुखले बोलाए चार दलका शीर्ष नेतालाई

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

संसदमा सांसदहरूले उठाएका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।

पछिल्लो समय नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ ।

 

प्रकाशित मिति: Apr 8, 2024

प्रतिक्रिया दिनुहोस्