Logo
२२ बैशाख २०८१, शनिबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

 प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ ।

कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने छ । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

२७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ ।

वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन तालिका अनुसार इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: Apr 7, 2024

प्रतिक्रिया दिनुहोस्