Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरख दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।

प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने मेरो विश्वास छ ।’

५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।

गोरखाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा निरन्तर लागि पर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली टायर उद्योग, बूढीगण्डकी जलविद्युत् आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान रहेको बताए ।

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्