Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा उपाध्यक्ष पदमा हानाथापः एमालेले उम्मेदवार तय गर्दा एकीकृत समाजवादी बेखबर

काठमाडौँ । नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउनेबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताएका छन् । बिहीबार एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै उनले सो निर्णयबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रियसभा उपाध्यक्षको बारेमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णय गरेको होला तर यस विषयमा गठबन्धनमा कुनै छलफल भएको छैन ।’ आफूहरूले पनि यस विषयमा पार्टीमा छलफल गर्ने उनले जानकारी दिए । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले गठबन्धनको निर्णयबाट नै राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय भएको बताए ।

उनले भने, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा हामीलाई जानकारी गराउनुभएको छ, पार्टीबाट राष्ट्रियसभाका लागि उपाध्यक्षमा गठबन्धनको साझा उम्मेदवार विमलाजी हुने तय भएको छ ।’

प्रकाशित मिति: Apr 4, 2024

प्रतिक्रिया दिनुहोस्