Logo
१५ बैशाख २०८१, शनिबार
(March 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।

IMG-20240329-WA0000

प्रकाशित मिति: Mar 29, 2024

प्रतिक्रिया दिनुहोस्