Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने

४ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्रीले वयान लिन निर्देशन दिएका थिए ।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Mar 17, 2024

प्रतिक्रिया दिनुहोस्