Logo
१५ बैशाख २०८१, शनिबार
(March 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँग सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्तीमा परेका थिए । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

प्रकाशित मिति: Mar 6, 2024

प्रतिक्रिया दिनुहोस्