Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने, आजै शपथ गराउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो । लामिछानेसहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ ।

प्रचण्ड नेतृत्वको गठबन्धनमा रास्वपाले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले दलहरूले पाउने मन्त्रालयको टुंगो लगाएको हो ।

‘उपप्रधान एवम् गृहसहित ३ मन्त्रालय र एक मन्त्रालयमा रास्वपाले राज्यमन्त्री पाउने टुंगो लागेको छ,’ उच्च स्रोतले  भन्यो, ‘अब मन्त्रालय र मन्त्रीको टुंगो लगाउन अन्तिम कसरत बाँकी छ ।’

रास्वपाले आफ्ना सांसदहरूसँग मन्त्री बन्न इच्छुक भएकाहरूलाई आफ्नो योजना र दाबी पेश गर्न समेत भनिसकेको छ । जसअनुसार करिब करिब मन्त्री बन्ने उम्मेदवारको टुंगो लागेको छ ।

रास्वपाबाट पार्टी सभापति बाहेक अन्य उम्मेदवार मन्त्रीमा नदोहोरिन सक्ने सम्भावना बढेको एक नेताले बताए ।

प्रकाशित मिति: Mar 6, 2024

प्रतिक्रिया दिनुहोस्